नियम २८क
सर्भेयरको वर्गीकरण
सर्भेयरको इजाजतपत्र प्राप्त गरी सर्भेयरको रूपमा काम गर्दै आएका देहायको अवधि पूरा गरेका सर्भेयरलाई यो नियम प्रारम्भ भएपछि देहाय बमोजिम वर्गीकरण गरी सर्भेयरको इजाजतपत्र दिइनेछः–
(क) पन्ध्र वर्षभन्दा बढी अवधि नियमित रूपमा सर्भेयरको काम गरेका
सर्भेयरलाई “क” वर्ग,
(ख) दश वर्षदेखि पन्ध्र वर्षसम्म नियमित रूपमा सर्भेयरको काम गरेका सर्भेयरलाई “ख” वर्ग,
(ग) पाँच वर्षदेखि दश वर्षसम्म नियमित रूपमा सर्भेयरको काम गरेका सर्भेयरलाई “ग” वर्ग,
(घ) पाँच वर्षसम्म नियमित रूपमा सर्भेयरको काम गरेका सर्भेयरलाई “घ” वर्ग ।